दफा २०
कब्जा गर्न सक्ने
कसैले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरुको बर्खिलाप काम गरेमा सो कामको सिलसिलामा प्रयोग भएका औजार, चौपाया, सवारी साधान र अन्य माल वस्तुहरु जलाधार संरक्षण अधिकृतले कब्जामा लिन सक्नेछ ।
तर चौपायाको हकमा चौपायाधनीबाट धरौट लिई त्यस्तो चौपाया निजलाई नै बुझाई दिन सक्नेछ र चौपायाधनीले धरौट बुझाउन नचाहेमा जलाधार संरक्षण अधिकृतले सो चौपायालाई लिलाम गर्न सक्नेछ ।